१६ असार २०८३, मंगलबार 1782807097
राजनीति

लौरो टेकेर हिँड्ने प्रधानमन्त्री र अर्थमन्त्री भइन्जेल देश यस्तै हो: प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार हुन नसक्ने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै उनले यस्तो बताएक हुन्। उनले देशको प्रतिक चिन्हमा भिक्षा देउ भनेर राख्न मात्र बाँकी रहेको सुनाए।

‘आफ्नो दुइटा खुट्टाले नहिँडीकन अर्काको लौरो टेकेर हिँड्ने प्रधानमन्त्री र अर्थमन्त्री भइन्जेल देश यस्तै हुन्छ’ उनले भने। उनले अहिलेका प्रधानमन्त्रीले ‘एउटा राम्रो काम गरेको छु’ भने भन्ने ठाँउ पनि नरहेको सुनाए। देशको क्षमताअनुसार देशको अर्थतन्त्र चलाउने प्रधानमन्त्री र अर्थमन्त्री अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे।