विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच बिहीबार झडप भएको छ। आसन्न स्ववियु निर्वाचनको टिकट भागबन्डा विवादमा संस्थापन पक्ष र शेखर कोइराला पक्षका विद्यार्थीबीच कुटाकुट भएको हो।
झडपमा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल घाइते भएका छन्। प्रहरीका अनुसार उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। कोइराला पक्षका पोखरेलमाथि छलफलकै क्रममा हातपात भएको कोइराला पक्षले आरोप लगाएको छ। स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादव लगायत समूहले आफूमाथि कुटपिट गरेको पोखरेलको भनाइ छ।


