काठमाडौँ : विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्कीएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा आवश्यक मर्मतसम्भार तथा जीर्णोद्धार गरेको हो । पुरातत्व विभागले पुरानैस्वरुपमा मर्मत गर्नका लागि महासमितिलाई अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार तथा रङ्ग रोङ्गगनको कार्य पूरा गरेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो । विसं २०७२ सालको भूकम्पका कारण सो मन्दिरमा क्षति पुगेको थियो । प्रताप मल्लले निर्माण गरेको ती सम्पदा ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदास्थल हुन् ।
राजा प्रताप मल्लले आफ्नो नामबाट सो मन्दिरलाई प्रतापपुर राख्न लगाएका थिए भने रानी अनन्तप्रियाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गराएको इतिहास पाइन्छ । त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्त्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो । ती सम्पदाको यसअघि आगलागी र चट्याङका कारण क्षति पुगेपछि जिर्णोद्धार गरिएको थियो । महासमितिले स्थानीय जात्रा पर्व मेला सञ्चालन तथा स्वयम्भू क्षेत्रको जङ्गल संरक्षणका लागि विरुवा रोप्ने तथा पार्कको सजावट गर्दै आएको छ । महासमितिका इञ्जिनियर राजेश सुवालले करिब २० लाखको लागतमा ती सम्पदाको जीर्णोद्धार गरिएको बताउँदै महाचैत्य आसपास क्षेत्रमा रहेको अन्य सम्पदा मर्मतका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो ।
स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव
किमडोललाई आकाश तत्व अर्थात् निलो रंग, चःमतिलाई जल तत्व अर्थात् सेतो रंग, विजेश्वरीलाई शक्तिको प्रतीक अर्थात् रातो रंग, डल्लु क्षेत्रलाई वायुको प्रतीक अर्थात् हरियो रंग र माल्चाटार (डल्लु आवास)लाई भूमिको प्रतीक अर्थात् पहेँलो रंगमा बिम्बित गरिएको थियो । समापनका दिन आज सहभागी स्थानीयहरू आफूलाई प्रदान गरिएको रंग संकेतका कपडामा सहभागी भएका थिए ।
समापनमा ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले महोत्सवले स्थानीय पहिचान प्रवर्धनमा उल्लेखनीय भूमिका खेलेको अनुभूति व्यक्त गरे। उनले, स्वयम्भूदेखि वसन्तपुरसम्मको सम्पदा मार्ग जोडेर कार्यक्रमलाई निरन्तरता दिनु पर्ने विषयमा जोड दिएका थिए । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन तथा विक्री, चित्रकला, सम्पदा यात्रा, बाघचाल, क्यालीजात्रा, सांस्कृतिक कार्यक्रम, प्राचीन क्षेत्रका कथा सुनाउने लगायत कार्यक्रम सञ्चालन गरिएका थिए ।
यस वर्षको महोत्सव सफल बनाउन कार्यपालिका सदस्य महर्जनको संयोजकत्वमा आर्थिक तथा समग्र व्यवस्थापन उपसमिति, वडा सदस्य विजु श्रेष्ठको संयोजकत्वमा स्वयमसेवक तथा शान्ति सुरक्षा व्यवस्थापन उपसमिति, वडा सदस्य अप्सरा खत्रीको संयोजकत्वमा सरसफाइ समिति र वडा सदस्य रीता मिजारको संयोजकत्वमा स्वागत तथा प्रचार प्रसार समिति गठन गरिएको थियो ।
स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर यस क्षेत्रका महत्त्वपूर्ण स्मारक हुन् । यस्तै शक्तिपीठहरुमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन् ।
नेपाल संवत्का प्रवर्धक शंखधर साख्वाःले वालुवा उठाउँदा सुन प्राप्त गरेर त्यही सुनबाट किसानको ऋण मोचन गरिएको लखतीर्थ यस क्षेत्रको अर्को महत्त्वपूर्ण स्थान हो । प्राकृतिक विज्ञान संग्रहालय आन्तरिक तथा वाह्य पर्यटक दुवैका लागि अवलोकन योग्य स्थान हो ।
वडामा मनाइने जात्राहरुमा गुंला मेला, वुद्ध जयन्ती, बौद्धबाट सुरु भएर स्वयम्भूमा सकिने तेमाल जात्रा, हिमाली भेगका मानिसले मनाउने साकाधावा, साउनमा हुने रोपाइँ मेला मुख्य हुन् ।
नेवार समुदायको बाहुल्यता भएको वडामा आर्य, तामाङ्, गुरुङ, मगरसहित विभिन्न जातजातिको मिश्रित बसोबास छ ।


