२८ भदौ २०८३, आइतबार 1789330134
Banner

काठमाडाैँ जिल्ला अदालतकाे आदेशविरुद्ध रवि उच्च अदालत पाटन जाँदै

काठमाडाैँ ।  रास्वपा सभापति रवि लामिछाने आज पाटन उच्च अदालत जाने भएका छन्। स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडाैँ जिल्ला अदालतले गरेकाे आदेशविरुद्ध लामिछाने पुनरावेदन निवेदन दर्ता गर्न शुक्रबार बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन्।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडाैँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।