७ भदौ २०८३, आइतबार 1787478606
समाचार

करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

बर्दिया : बर्दियामा करेन्ट लागेर दश वर्षीय बालकको मृत्यु भएको छ। गुलरिया नगरपालिका–७ मनकामना टोलस्थित अफ्नो ठुलो मम्मीको घरमा बस्दै आएका मधुवन नगरपालिका–८ का बालक हार्दिक बिकको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका बालकको बर्दिया अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान ७ बजेर ३५ मिनेटको समयमा खेल्ने क्रममा घरको टिनको छानामा चढेका बेला बालकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।