७ भदौ २०८३, आइतबार 1787473337
समाचार

तीनकुने क्षेत्रमा सेना परिचालन

काठमाडौं : तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन भएको छ। राजावादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको हो

राजावादीहरुले तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडको क्रम जारी राखेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो। उनीहरुले तीनकुनेमा रहेका केही घरमा तोडफोड, एउटा घरमा आगजनी, आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजनी, पेरिसडाँडामा रहेको नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा प्रवेशको प्रयास गरेका थिए।

पेरिसडाँडामा एउटा सरकारी गाडी जलाउनुका साथै भाटभटेनीमा तोडफोड र लुटपाट गरेका थिए। उनीहरुले जडिबुटीमा रहेको जडिबुटी प्रशोधन केन्द्रमा पनि आगजनी गरेका छन्। प्रदर्शनकारीले केन्द्रमा पार्किङ गरेर राखेका आधा दर्जन गाडीमा समेत आगो लगाएका छन् ।