काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले गलकोट नगरपालिका वडा नम्वर २ नरेठाँटीमा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । काठेखोला गाउँपालिका बिहुँमा सञ्चालनमा रहेको शाखारहित बैङ्किङ सेवा नरेठाँटीमा स्थानान्तरण गरी सञ्चालनमा ल्याईएको हो ।

उक्त शाखारहित बैङ्किङ सेवाको गलकोट नगरपालिका वडा नम्वर २ का कार्यवाहक वडा अध्यक्ष रुद्र बहादुर श्रीसले उद्घाटन गर्नुभएको थियो ।
भौगोलिक विकटता तथा दुरीको कारणले बैङ्किङ सेवाबाट वञ्चित रहेका स्थानियहरुलाई लक्षित गरी ग्लोबल आईएमई बैङ्क लिमिटेड गलकोट शाखाको मातहतमा रहने गरी उक्त शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याईएको ग्लोबल आईएमई बैङ्क लिमिटेड गलकोट शाखाका शाखा प्रमुख सञ्जिब बस्नेतले जानकारी दिनुभयो ।

उक्त बैङ्कबाट बैङ्क खाता खोल्ने, नगद भुक्तानी तथा संकलन गर्ने, मोबाईल तथा अनलाईन बैङ्किङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैङ्किङ सेवाहरु उपलब्ध गराईने जनाईएको छ ।

कार्यक्रममा ग्लोबल आईएमई बैङ्क बुर्तिबाङ शाखाका शाखा प्रमुख समुन्द्र अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर २ का कार्यवाहक वडा अध्यक्ष रुद्र बहादुर श्रीसको अध्यक्षता, ग्लोबल आईएमई बैङ्क लिमिटेड गलकोट शाखाका शाखा प्रमुख सञ्जिब बस्नेत स्वागत र बुर्तिबाङ शाखाका कर्मचारी समिर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।


