काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको सेट नै परिवर्तन गरिएको छ । सरकारले शाहको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि घटाएको छ । डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेटलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको गृहमन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार शाहको सुरक्षामा प्रमोद प्रकाश पाठक नेतृत्वमा १६ जनाको नयाँ टोली खटाइएको छ ।

भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना सुरक्षाकर्मीको टोली उनको सुरक्षामा खटाइएको हो । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंस्रक भएपछि राजालाई कारबाहि गर्नुपर्ने माग बढदै गएको छ ।