काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् ।

उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

यता राजावादी आन्दोलको घटनामा जिम्मेवार रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । शुक्रबार राति पक्राउ परेका मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ । उनीसँगै दुर्गा प्रसाईँको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी, सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको हो ।


