११ जेष्ठ २०८३, सोमबार 1779704752
राजनीति

बारको निर्वाचनमा मतदान सकियो, आजैबाट गणना हुने

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज देशभर मतदान भएको छ । बिहानदेखि सुरु भएको मतदान केहीबेरअघि साँझ ५ बजे सकिएको हो । काठमाडौं उपत्यकाको एउटा केन्द्रसहित देशभरका ३५ वटा मतदान केन्द्रमा मतदान सकिएको निर्वाचन समितिले जनाएको छ । मतदान सकिएपछि शनिवार अपरान्हदेखि नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कुल २५ पदका लागि ५७ जना उम्मेद्वार छन् ।