३० बैशाख २०८३, बुधबार 1778706641
Banner

आमाको मुख हेर्ने दिन : मातातीर्थमा भक्तजनको घुइँचो (तस्बिरमा हेर्नुहोस्)

काठमाण्डौ । वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यसदिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ । मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।

मातातीर्थ औँसीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा आमा नहुने भक्तजनको घुइँचो । मातातीर्थ औँशीका अघिल्लो रात भक्तजनहरु जाग्राम बसेर आमाको स्मृतिमा बत्ती बाल्ने परम्परा रहेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ । तस्बिर स् हरिराम भेटुवाल/रासस

आमालाई विभिन्न खानेकुरा, कपडा तथा मनपर्ने वस्तु उपहार दिने चलन छ भने दिवंगत आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गरिन्छ । सोहीक्रममा काठमाडौंको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ। दिवंगत आमाको सम्झनामा मातातीर्थमा गई स्नान तथा हरिहर दर्शन र पूजा गर्ने गर्दछन्।

मातातीर्थमा भक्तजन काठमाडौँ, १४ वैशाख ः मातातीर्थ औँशीका अवसरमा आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थ कुण्ड परिसरमा दिवङ्गत आमाको सम्झनामा दीप प्रज्वलन गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस