२८ भदौ २०८३, आइतबार 1789305158
Banner

प्रधानमन्त्री ओलीबाट प्रतिनिधि सभामा नीति तथा कार्यक्रम टेबुल

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल गर्नुभएको हो।

प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नुभयो।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ। सभामुख देवराज घिमिरेले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो।