१८ असार २०८३, बिहिबार 1782989181
Banner

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले बताएकी छिन्। चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदासहित क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो।

दिवसका अवसरमा संघीय राजधानी काठमाडौंको शान्तिबाटिका र प्रदेश राजधानी हेटौँडामा बिहान कार्यक्रम हुँदैछ।