५ भदौ २०८३, शुक्रबार 1787322951
पर्यटन

नेपाली र भारतीय सेनाको टोलीद्वारा कञ्चनजङ्घा हिमालको आरोहण

काठमाडौं । साहस र मित्रताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै भारत र नेपालका सैनिकहरूको संयुक्त टोलीले कञ्चनजङ्घा (८५८६ मिटर) हिमालको सफलतापूर्वक आरोहण गरेको छ।

आरोहणमा भारतीय सेना तर्फबाट कर्नल सरफराज सिंहको नेतृत्वमा चार जना सैनिकहरू सहभागी थिए भने नेपाली सेनाको तर्फबाट क्याप्टेन प्रशान्त खानको नेतृत्वमा तीन जना सैनिकहरूले सहभागी थिए ।

यो संयुक्त सैनिक पर्वतारोहण अभियानले भारत–नेपालबीचको मित्रता र सैनिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको छ।

सैनिक तहमा भएको यस प्रकारको साहसिक र समर्पित अभियानले दुबै देशका सेनाबीचको समन्वयलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
यसैबीच नेपालस्थित भारतीय दूतावासले सफलतापूर्वक आरोहण गरेकोमा कर्णेल सरफराज सिंह र क्याप्टेन प्रशान्त खान नेतृत्वको संयुक्त आरोहण टोलीलाई बधाई ज्ञापन गरेको छ ।