काठमाडौं, १२ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसिरहेको बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेको बताइएको छ । साथै, बैठकमा गृहमन्त्री रमेश लेखकबारे पनि छलफल हुने बताइएको छ । बैठकमा गृहमन्त्री लेखकसँगै प्रमुख सचेतक श्याम घिमिरे पनि उपस्थित छन् ।
बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ ।


