२८ भदौ २०८३, आइतबार 1789289800
समाचार

अर्थमन्त्रीले गरे राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गरेका छन्।शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका हुन्।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ। सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।