६ आश्विन २०८१, आइतबार 1727033554
राजनीति

दमकमा एमाले मेयर उम्मेदवारमाथि गठबन्धनको दुर्व्यवहार प्रयास

दमक । झापा दमक नगरपालिकाकी उपप्रमुख तथा नेकपा एमाले नगर प्रमुखकी उम्मेद्वार गीता अधिकारीमाथि दुर्ब्यवारको प्रयास भएको छ । विरामी हेर्नका लागि गएकी अधिकारीलाई विरामी भिजिलान्तेको एक समुहले किन आएको ? किन विरामी हेर्नु पर्यो ? भन्दै घेराबन्दि गरेर दुर्ब्यवार गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा हालिएको छ । आफ्नै भाई देवरको साथमा अधिकारी विरामी हेर्न दमक ४ को एक घरमा दिउँसो गएकी हुन् । बिरामी आफ्नै चालकको दिदिहुन् ।

विरामी भएको मानिसलाई हेर्न उम्मेद्वारले नपाउने ? भनेर आसपासका मानिसहरुले भन्दा भिडियो खिच्नेले एककोहोरो दुर्ब्यवार गर्ने आशय प्रकट गरेको देखिन्छ । निर्वाचन नजित्ने अवस्थादेखि यस प्रकारको हर्कत गर्न गठबन्धनले भिजिलान्तेहरु प्रयोग गरेको बताईन्छ ।