७ जेष्ठ २०८३, बिहिबार 1779393535
राजनीति

बागमती प्रदेशले विपद् बिमा कार्यक्रम अघि बढाउने

काठमाडौँ । बागमती प्रदेश सरकारले विपद् बिमा कार्यक्रम अघि बढाउने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम मार्फत विपद् बिमा कार्यक्रम अघि बढाउने भएको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संसद्मा बुधबार आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै विपद् जोखिम हस्तान्तरणका लागि विपद् बिमा कार्यक्रम अघि बढाउने बताएका हुन् ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम मार्फत विपद् बिमा कार्यक्रम अघि बढाएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश प्रहरी समायोजनका लागि अन्य प्रदेशसँगको समन्वय सङ्घीय सरकारसँग छलफल गर्ने भएको छ ।