३ जेष्ठ २०८३, आइतबार 1779031291
समाचार

आफूलाई ‘झोले’ करार गरेपछि पोखरेलले भने: कसको आलोचना बढी हुन्छ, जो सक्रिय छ

काठमाडौँ : सत्तासीन दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बढी सक्रिय हुनेहरूको आलोचना हुने बताएका छन्। फेसबूकमा ‘म झोले हो’ अभियान चलाएपछि उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि आफूलाई झोले करार गरेका पोखरेलले भनेका छन्, ‘कसको आलोचना बढी हुन्छ, जो सक्रिय छ।’

उनी थप्छन्, ‘कसका विरुद्धमा घेराबन्दी हुन्छ, जसको उज्यालो भविष्य छ। तसर्थ, आलोचना र घेराबन्दीबाट भयभित नबनौँ।’ अहिले एमालेले ‘म झोले हो’ अभियान चलाएका छन्। अहिले अध्यक्ष ओलीदेखि तल्ला कमिटीका नेताहरूले उही टेम्प्लेटमा म झोले हो अङ्कित पोस्टर साझेदारी गरिरहेका छन्।