२१ भदौ २०८३, आइतबार 1788696113
Banner

‘एक वर्षमै अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक’

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमै अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले यसलाई अझ प्रगतिमा लैजान आफूहरु काम गरिरहेको उल्लेख गरे ।

‘हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन् । यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौँ ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीका अनुसार सकारात्मक सूचांकहरुमा निर्माण, खानी, उद्योग, यातायात, विद्युत् तथा ग्यास, बैंक तथा बीमा, प्रशासनिक सेवा, औद्योगिक उत्पादन, सूचना प्रविधि, घरजग्गा, व्यापार, कृषि तथा वन, शिक्षा, वैज्ञानिक सेवा, स्वास्थ्य सेवा र आवास तथा भोजन क्षेत्र रहेका छन् ।