२२ भदौ २०८३, सोमबार 1788832897
Banner

सर्पले टोकेर छाउपडीमा बसेकी महिलाको मृत्यु

कञ्चनपुर।कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी प्रथाका कारण एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। महिनावारी भएका बेला छाउगोठमा सुत्न गएकी २८ वर्षीया कमला दमाईलाई करेत जातको विषालु सर्पले टोकेपछि शनिबार राति मृत्यु भएको हो।

स्थानीयका अनुसार कमला छिमेकीको घरछेउमा बनाइएको छाउगोठमा सुत्न गएकी थिइन्। सुत्ने क्रममा सर्पले गालामा टोकेपछि उनलाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, राति करिब ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ।

कमला दुई महिनाअघि भारतबाट घर फर्किएकी थिइन्। पक्की घर हुँदाहुँदै पनि परम्परागत मान्यता र सामाजिक दबाबका कारण उनी गोठमा सुत्न बाध्य भएको स्थानीयले बताए।