१७ बैशाख २०८३, बिहिबार 1777537922
Banner

कांग्रेसले जनमतको सदुपयोग गर्न सकेन, ओलीको स्वर्ग र नर्ककै चक्करमा पर्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ नेपाली कांग्रेसले जनमतको सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् ।

अध्यक्ष दाहाल काठमाडौँ, ३० असारः प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले सोमबार संसदमा सम्बोधन गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदमको कांग्रेस साक्षी मात्र बन्न पुगेको बताएका हुन्।

प्रचण्डले सरकारले एकपछि अर्को स्वेच्छाचारिता शृंखला चलाइएको विषय र अहंकार, प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै जानुमा कांग्रेस पनि गोलचक्करको पासोमा परेको बताए।

‘नेपाली कांग्रेस एकपछि अर्को स्वेच्छाचारिताका शृंखलाहरू जसरी अगाडि बढाइएका छन्। जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ। यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको जस्तो महसुस गरेको छु,’ उनले भने। प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहंकारी प्रवृत्तिले लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको स्मरण गराए ।