३१ जेष्ठ २०८३, आइतबार 1781430358
Banner

वामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज राष्ट्रिय सभागृहमा एकता घोषणा हुन लागेको हो ।

सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा अभियानका संयोजक गौतमले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको बताइएको छ।

एकतासम्बन्धी सहमति पत्रमा गत असार २७ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष वामदेव गौतमले हस्ताक्षर गरेका थिए।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतको आदेशमा भंग भएपछि गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। यसअघि नेकपा एमालेमा जान खोजेका उनी अध्यक्ष केपी शर्मा ओलीको बेवास्ताका कारण रोकिएका थिए।