२१ भदौ २०८३, आइतबार 1788722508
Banner

खोलामा डुबेर दुई जनाको मृत्यु

धनगढी । कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको रहेका छन्। घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा खोलामा पौडी खेल्ने गएका उनीहरू डुबेर बेपत्ता भएका थिए।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।