१० श्रावण २०८३, आइतबार 1785082582
Banner

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो सरकार

काठमाडौं । कांग्रेस नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ ।

उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको हो ।

यसअघि २५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरेका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनतामा रौतहटमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा आलमसहितका व्यक्तिहरूलाई पक्राउ गरिएको थियो। घटनामा घाइते भएका व्यक्तिहरूलाई इँटा भट्टामा हालेर हत्या गरिएको आरोप उनीहरूमाथि लागेको थियो। गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित सबै आरोपितलाई प्रमाण अभावमा सफाइ दिएको थियो।