१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 12:34 pm
Banner

भियतनाममा डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु

सूचना प्रेस २०८२ श्रावण ४ आइतबार ००:००, ०६:४१ बजे १ मिनेट पढाइ

काठमाडौं- भियतनाममा एक पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरु हराइरहेका छन् ।

खराब मौसमका कारण भएको यो घटना देशको उत्तर भागमा पर्ने चर्चित पर्यटकीय गन्तव्य हा लोंग बेमा भएको हो । डुङ्गामा सवार अधिकांश यात्रुहरू हनोइबाट आएका भियतनामी परिवारका सदस्यहरु रहेको बताइएको छ ।

उद्धारकर्मीहरूका अनुसार मुसलधारे वर्षाका कारण जीवित व्यक्तिहरूको खोजीमा कठिनाइ भइरहेको छ । हालसम्म फेला परेका शवमध्ये कम्तीमा आठ जना बालबालिका छन् । ११ जनालाई भने जीवितै पानीबाट निकालिएको छ ।

“वान्डर सिज” नामको सो डुंगा ५३ जनालाई लिएर जाँदै गर्दा एक्कासि आएको आँधीबेहरीका कारण पल्टिएको भियतनामी सीमा सुरक्षाबलले जनाएको छ । हराइरहेका मानिसहरुको खोजीका लागि उद्धारकार्य जारी छ ।