४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:15 am
Banner

भोलिको प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने

सूचना प्रेस २०८२ श्रावण ६ मंगलबार ००:००, १८:०२ बजे १ मिनेट पढाइ

काठमाडौँ । भोलि बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । ‘सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने,’ सम्भावित कार्यसूचीको दुई नम्बरमा लेखिएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।