३ भदौ २०८३, बुधबार 1787161888
Banner

सोचेजस्तो काम भएन, विकल्पमा अर्को सरकार बन्ने अवस्था पनि छैन : कृष्ण सिटौला

काठमाडौँ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान एमाले कांग्रेस गठबन्धन सरकारले सोचेजस्तो काम गर्न नसके पनि सरकारले निरन्तरता पाउने बताएका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘सरकारले सोचेजस्तो काम गरेको छैन, तर यो सरकारले निरन्तरता पाउँछ ।’

बाध्यात्मक परिस्थितिमा निर्माण भएको तथा संसदमा कसैको बहुमत नभएको अवस्थामा बनेको जनताले र दलहरूले सोचेजस्तो काम नगरेपनि कन्टिन्यु जाने सिटौलाको भनाई छ । उनले यसको विकल्पमा अर्को सरकार बन्ने स्थिति नदेखिएको बताए । ‘यसको विकल्पमा अर्को सरकार बन्ने स्थिति छैन’, सिटौलाको भनाइ छ ।