कैलाली । कैलालीको गौरीगंगा—६ बनबेहडाका २८ वर्षीय एक पुरुष चार दिनदेखि बेपत्ता भएका छन् । गत साउन १० गते शनिबार दुई जना साथीहरूसँगै बासको तामा खोज्न चुरे गाउँपालिका–४ स्थित तल्ला रौला जंगल गएका टेक बहादुर रोकाया हराएका हुन् ।
यसैबिच इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मंगलबार गौरीगंगा–३ र चुरे गाउँपालिका–४ को बिचमा रहेको शिवगंगा खोलामा एक पुरुषको शव फेला परेको छ । गोठालोले शव फेला परेको जानकारी दिएपछि प्रहरी टोली र टेकका आफन्त घटनास्थलतर्फ जाँदैछन् । त्यहाँ पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ ।


