कात्तिक १८ गते । नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । मिश्रीले आज अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।

भेटमा उहाँहरूले दुई देशबिच आर्थिक सहकार्यको विभिन्न विषयमा छलफल गर्नुभयो। सो अवसरमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।

