२९ श्रावण २०८३, शुक्रबार 1786771740
जलविधुत

अपि पावरले मर्स्याङ्दी बेसीसहित दिव्यज्योति हाइड्रोपावर प्रालि खरिद गर्ने

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनासहित दिव्यज्योति हाइड्रोपावर प्रालिलाई प्राप्ति (खरिद) गर्ने भएको छ । मंगलबार दिउँसो बसेको कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्याण गरेको हो ।

दिव्यज्योतिले लमजुङमा प्रवर्द्धन गर्न लागेको मर्स्याङ्दी जलविद्युत् आयोजना आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट निर्माण तथा सञ्चालन गर्न उपयुक्त देखिएकोले उक्त आयोजनासहित प्रवर्द्धक कम्पनी प्राप्ति गर्ने निर्णय अपि पावरका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताए ।