४ आश्विन २०८१, शुक्रबार 1726885290
राजनीति

सूर्यविनायक नगरपालिका–५ मा एमालेबाट जोशीको प्यानल नै विजयी

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका राजकुमार जोशीको प्यानल नै विजयी भएको छ । जोशी पुन दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी हुनु भएको हो ।

जोशीसँगै एमालेबाट महिला सदस्यमा कमला पोखरेल, दलित महिला सदस्यमा गीता बिसुन्के, खुल्ला सदस्यमा मनोज थापा र बासुदेव पोखरेल विजयी हुनु भएको छ ।