५ आश्विन २०८१, शनिबार 1726917080
Banner

प्रकाशमान सिंहको क्षेत्रमा पनि बालेन र सुनिताकै अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा-२९ को मतगणना सुरु भएको छ ।

वडा-२९ मा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यो वडा कांग्रेस नेता तथा मेयर उम्मेदवार सिर्जना सिंहका श्रीमान् प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छ ।

प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा सिर्जना सिंह दोस्रोमा हुनुहुन्छ । उहाँले बालेनलाई पछ्याउँदै ६२ मत पाउनु भएको छ । एमालेका केशव स्थापितले ३२ मत पाउनु भएको छ ।

अहिलेसम्म मेयर उम्मेदवार बालेनले १२५५३ मत ल्याएर अग्रता कायम राखेका छन् ।

यस्तै एमाले उम्मेदवार केशव स्थापितले ६७०६ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५९५७ मत ल्याउनु भएको छ ।