४ आश्विन २०८१, शुक्रबार 1726889398
राजनीति

झापाको हल्दीबारमा राप्रपाको जित

विर्तामोड- झापाको हल्दिबारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जित हासिल गरेको छ ।
पालिका अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङदेन ६८५६ मतका साथ विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४६६६ मत पाए । यस्तै नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २७५८ मत पाए भने, माओवादी केन्द्रका भवानी प्रसाद दंगालले ११४९ मत पाउनुभएको छ ।
यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली ५०७८ मतका साथ विजयी हुनुभयो ।

एमालेकी शान्तादेवि गौतमले ४१०६ मत पाउनुभयो ।

स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत पाए ।