४ आश्विन २०८१, शुक्रबार 1726874872
पालिका

पाँचथरको याङवरक गाउँपालिकामा गठबन्धन हराउँदै एमालेका उम्मेदवार विजयी

पाँचथर — पाँचथरको याङवरक गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन उम्मेदवारलाई हराउँदै यहाँ एमालेका उम्मेदवार विजयी भएका हुन् ।अध्यक्ष पदमा एमालेका भिमबहादुर योङयाले कांग्रेस उम्मेदवार मबिन्द्र योङयाललाई ८० मतले हराएका हुन् । एमालेका भिमबहादुरले ४११८ मत ल्याए भने कांग्रेसका मबिन्द्रले ४ हजार ३८ मत पाए । यस्तै उपाध्यक्षमा एमालेकै बाबा मेन्याङवो ९९९५ मत सहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अर्जुन बेघाले ३६६९ मत ल्याए । याङवरकको अध्यक्ष र उपाध्यक्ष पदमा अघिल्लो पटक पनि एमालेले जितेको थियो ।