४ आश्विन २०८१, शुक्रबार 1726888895
Banner

गठबन्धनलाई हराउँदै चितवन कालिकाको मेयर जित्यो एमालेले

चितवन । चितवनको कालिका नगरपालिकाको मेयरमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका विनोद रेग्मी निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतले पराजित गरेका हुन् ।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत पाए । रेग्मी र केसीका बीचमा निकै प्रतिस्पर्धा भएको थियो ।

उपमेयरमा पनि एमालेकै विमला लामा निर्वाचित भएकी छन् । उनले गठबन्धनबाट उपमेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी सविता लामालाई ७६१ मतान्तरले पराजित गरेकी हुन् । विमलाले १० हजार ४४९ मत ल्याउँदा सविताले ९ हजार ६८८ मत ल्याइन् । कालिकाका वडातहसम्म नै गठबन्धन गरिएको थियो ।