४ आश्विन २०८१, शुक्रबार 1726888566
राजनीति

मोरङ सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं । नेकपा एमालेले मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर जितेको छ।

एमाले उम्मेदवार श्यामप्रसाद राजवंशी ८ हजार ३ सय ३९ मत प्राप्त गर्दै मेयर जितेका हुन्। कांग्रेसका यज्ञबहादुर कार्की पराजित भए। उनले छ हजार ९ सय ५२ मत पाए।

उपमेयरमा पनि एमालेकी मीरादेवी दास केवरत निर्वाचित भइन्। उनले आठ हजार तीन सय ८३ मत ल्याएकी छन्।

उपमेयरमा कांग्रेसकी उम्मेदवार विमला देवी केवरतले ७ हजार ४ सय २७ मत ल्याएकी छिन्। सुनवर्सिमा ०७४ मा मेयर र उपमेयर नै कांग्रेसले जितेको थियो।