२० आश्विन २०८३, मंगलबार 4:13 pm
Banner

लहानमा आमा-छोरा मृत भेटिए

सिरहा-सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन्। लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहा जानकारी दिएको हो। अर्को एक बच्चाको अवस्था गम्भीर छ। 

प्रहरीका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन्। नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ।

आमाले घरायसी विवादमा दुई छोरालाई विशेष खुवाएर आफैंले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।