१४ जेष्ठ २०८३, बिहिबार 1779995547
Banner

विमानस्थलहरुमा भिआईपी सेवा बन्द

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थलमा प्रदान गरिँदै आएको भिआईपी सेवा बन्द गरिएको छ ।

नागरिक उड्यन प्राधिकरणका अनुसार देशको पछिल्लो परिस्थितीलाई मध्यनजर गर्दै प्राविधिक र सुरक्षा सम्बन्धी कारणले सेवा स्थगन गरिएको हो। प्राधिकरणले सबै यात्रुहरूलाई सामान्य प्रवेश क्षेत्र प्रयोग गर्न अनुरोध गरेको छ ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ ।