२७ भदौ २०८३, शनिबार 1789232874
Banner

असोज १ मा शोक विदा, मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद वैठकले गरेको हो । मन्त्रिपरिषद् विस्तारपछि बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद बैठकले असोज १ गते शोक बिदा दिने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उनले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च गरी १५ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको बताए।

जेनजी आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गरी राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको पनि मन्त्री अर्यालले जानकारी दिए।