४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:45 am
Banner

भारतमा गाडी दुर्घटना ४ नेपालीको मृत्यु

सूचना प्रेस २०८२ भदौ ३१ मंगलबार ००:००, १०:०५ बजे १ मिनेट पढाइ

काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । तीन जना मृतक एकै परिवारका हुन् । पिकअप जिप भीरमा खसेपछि उक्त दुर्घटना भएको प्रहरीको अनुमान छ । घटनावारे थप विवरण आउन बाँकी छ ।