२७ भदौ २०८३, शनिबार 1789232049
Banner

जेनजी आन्दोलनका सहिदको अन्तिम बिदाइ

काठमाडौँ-जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल पशुपति आर्यघाट पुग्नुभएकाे छ।

जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको हो। यसअघि, त्रिवि शिक्षण अस्पतालबाट १० जना सहिदको पार्थिव शरीर नगर परिक्रमासहित एयरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको थियो । 

१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी ४ जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने जनाएको छ।