२६ जेष्ठ २०८३, मंगलबार 1781065572
Banner

बागमती प्रदेशका सभामुखले दिए राजीनामा

हेटौंडा, १ असोज । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले आज उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा बुझाएका हुन् ।

जेनजीहरूको आन्दोलन चर्किएपछि गत भदौ २४ गते उनले राजीनामा दिने घोषणा गरेका थिए । पाठक राप्रपाबाट सभामुख बनेका थिए ।