काठमाडौं, १ असोज । मुक्तिनाथ फाउन्डेसनले आफ्नो चौथो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । चौथो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल, रोयल सहकारी विन्द्यवासिनी मुजिक प्रालिको समेतको सहभागिता र समन्वयमा सम्पन्न भएको हो ।
यसअघि पनि संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ । बागमती सरसफाई कार्यक्रममा सहभागिता, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका लगायत देशका विभिन्न स्थानमा बृहत वृक्षारोण कार्यक्रम, वृद्धवृद्धाहरुलाई सम्मान तथा उनीहरुलाई आवश्यक खाद्य सामाग्रीहको वितरण लगायतका सामाजिक कार्यहरु गरिसकेको छ । २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्छ ।


