२७ भदौ २०८३, शनिबार 1789211107
Banner

चुनाव हारेपछि माओवादीले कुटे एमाले नेता, इटहरीमा तनाव

सुनसरी । नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीमाथि कुटपिट भएको छ। इटहरीमा उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टका छोरासहित ३ जनाले आइतवार बिहान आफूलाई कुटपिट गरेका सुवेदीले बताएका छन्।

आइतवार बिहान मतगणना सम्पन्न गरेर इटहरी उपमहानगरपालिकाको कार्यालयबाट निस्किएपछि वडा नंबर ६ मा कुटपिट भएको उनले बताएका छन्। उनको गालामा चोट लागेको छ। घटनाको विरोधमा एमालेले पुर्व–पश्चिमा राजमार्ग बन्द गरेर विरोध प्रदर्शन गरेको छ। ईलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्कासहितको प्रहरी टोली घटना स्थलमा छ।