काठमाडौं । सरकारले विभिन्न देशमा केपी शर्मा ओलीको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।
सरकारले उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न भनेको छ ।
यी हुन फिर्ता बोलाइएका राजदूत
डा. कृष्ण प्रसाद ओली,चीन
लोकदर्शन रेग्मी,अमेरिका
चन्द्र घिमिरे,बेलायत
नेत्र तिम्सिना,मलेसिया
शैल रुपाखेती,जर्मनी
धनप्रसाद पण्डित,इजरायल
जंगप्रसाद चौहान,रुस
सनिल नेपाल,स्पेन
रमेशचन्द्र पौडेल,कतार
नरेशविक्रम ढकाल,साउदी
दुर्गावहादुर सुवेदी,जापान


