१६ असार २०८३, मंगलबार 1782865008
Banner

४८ हजार ९२२ मत सहित, बालेनको फराकिलो अग्रता

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार साहले ४८ हजार ९२२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छिन्।नेकपा (एमाले)का मेयर पदका प्रत्याशी केशव स्थापितले भने २९ हजार २५९ मत ल्याएका छन्। स्वतन्त्र सुमन सायमीले ७ हजार ६५४ मत ल्याएका छन्। काठमाडौंको एक लाख ४८ हजार २४८ मत गणना भइसकेको छ। अब ४४ हजार ७१७ मतगणना गर्न बाँकी छ।

त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोलले पनि आफ्नो अग्रतालाई कायमै राखेकी छिन्। पछिल्लो मत परिणामअनुसार उनले ४४ हजार ७०५ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, उपमेयर पद तर्फ नै नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत प्राप्त गरेका छन्। त्यस्तै उपमेयर पदमा नै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेद्वार विनिता मगैयाले ७०२३ मत प्राप्त गरेकी छिन्।