२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:01 pm
पालिका

त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने

सूचना प्रेस २०७९ जेष्ठ १० मंगलबार ००:००, ०८:२१ बजे १ मिनेट पढाइ

काठमाडौं – वैशाख ३० गते सम्पन्न भएको उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजबाट सुरु हुने भएको छ।

त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा वर्षाका कारण कर्मचारीहरूबाट मतदान कार्य सम्पन्न गराउन ढिलाई हुँदा विवाद भएपछि मतगणना कार्य रोकिँदै आएको थियो।

सोहि क्रममा मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका थिए। त्यसपछि आयोगले आयोगले न्यायाधीश उत्तम सिलवाललाई उदयपुरको मुख्य निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचनका बाँकी कामहरु अगाडि बढाएको हो। तर केहि राजनैतिक दलहरुले–१२ मा पुनः मतदान हुनुपर्ने जिकिर गर्न थालेपछि मत गणनाको काम सुरु हुन सकेको थिएन।

सोही दिन साढे ४ बजेसम्म भएको मतदानमा करिव ५४ प्रतिशत मत खसेको तर गणना गर्न असहमत जनाएका दलहरुले अनेक विवाद झिकेपछि आयोगबाट आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगको टोलीले मतदानस्थल सम्मको घटना विवरणको अध्ययन,अनुसन्धान गरी प्रतिवेदन दिएपछि निर्वाचन आयोगले सोमवार तत्काल मत गणना सुरु गर्ने निर्णय गरेको हो।

उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजबाट त्रियुगा नगरपालिकाको मत गणना सुरु गर्न आवश्यक तयारी गरिएको बताए। आयोगको निर्णय आएसँगै अब मत गणना सुरु गर्न बाटो खुलेको उनको भनाइ छ।