२६ भदौ २०८३, शुक्रबार 1789161527
Banner

माओवादीसँग होइन एमालेसँग एकता गर्नु राम्रो हो : रामकुमारी झाँक्री

काठमाडौं, १२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले माओवादी केन्द्रसँग भन्दा नेकपा (एमाले)सँग पार्टी एकता गर्नु राम्रो हुने बताएकी छिन् । उनले समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एमालेसँगको एकता राम्रो रहेको उनले बताएकी हुन् ।

उनले भनिन्, एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठनरपुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो,’ ।

पृष्ठभूमिको हिसाबले पनि एमाले शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट समाजको क्रान्तिकारी रूपान्तरण गर्ने सिद्धान्त, कार्यनीति, कार्यदिशा बोकेर आएको पार्टी भएको उल्लेख गर्दै उनले माओवादी १० वर्षको हिंसात्मक सशस्त्र युद्धबाट आएको, छुट्टै कार्यनीति, छुट्टै रणनीति बोकेर आएको, संघर्षको पृष्ठभूमि, समाजलाई हेर्ने, विश्लेषण गर्ने, संश्लेषण गर्ने दृष्टिकोण पनि फरक भएको पार्टी भएकाले माओवादीसँगको एकता सहज र सजिलो नभएको स्पष्ट पारिन् ।