७ जेष्ठ २०८३, बिहिबार 1779366159
समाचार

रवि र छविको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं, २७ कार्तिक । सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

आज उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा थप मिसिल झिकाउन आदेश दिएको हो ।

यसअघि पनि अदालतले प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो ।